• buddhistcivilsociety@gmail.com
  • Buddhist Civil Society Nepal, Kathmandu, Nepal

समाचार

मार्च 03, 2024 12:57 दिउँसो
नेपाल बुद्धिस्ट एसोसियसनद्वारा छात्रवृत्ति प्रदान

त्रिभूवन विश्वविद्यालय अन्तर्गतको पाटन संयुक्त क्याम्पसमा नेपाल बौद्ध संघले छात्रवृत्ति प्रदान गरेको छ । उक्त क्याम्पसमा बौद्ध शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति प्रदान कार्यक्रममा नेपाल बौद्ध संघमा प्रमुख छोग्याल रिन्पोछे विशिष्ट अतिथिको रुपमा समेत सहभागि हुनुहुन्थ्यो । १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए ।

नेपाल बौद्ध संघले प्रदान गरेको छात्रवृत्तिका कारण बौद्ध शिक्षाको अध्ययन गरिरहेका विद्यार्थीमा उत्साह थपिएको इतिहास तथा बौद्ध अध्ययन विभागका प्रमुख डा. लक्ष्मणसिंह कुँवरले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै इतिहास तथा बौद्ध विभागकी विभागीय प्रमुख डा. जुनुमैया बासुकलाले आगामी दिनहरुमा पनि संघसँगको सहकार्यलाई निरन्तरता दिने बताइन् ।

साभार: https://nepalbuddhistnews.com/2024/03/4904